बाइडेनको जितले विश्वमा कस्तो प्रभाव पर्ला ?

पत्रपत्रिकाबाट

सोमबार, २४ कार्तिक २०७७, ०७ : ०४
बाइडेनको जितले विश्वमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले कार्यभार सम्हालेसँगै विदेशी नीतिमा केही परिवर्तन आउने अनुमान गरिएको छ । यसअघि ट्रम्पको नेतृत्वले विश्वव्यापी अवधारणामाथि नै प्रहार गरिरहेका बेला अमेरिकी नेतृत्वमा नयाँ नेतृत्व आएसँगै विश्वभर बाइडेनमाथि एक खालको आशा देखिएको छ ।

ट्रम्पको अनुदार नीतिबाट आजीत विश्वले केही नयाँ आशा गरेको छ । विश्वव्यापी नेतृत्व गर्ने क्षमता भएका बाइडेनले विदेशी नीतिको विषयमा केही हेरफेर गर्ने देखिन्छ । कोरोना महामारीका कारण नराम्ररी प्रभावित भएको अमेरिकामा नयाँ नेतृत्व पाएसँगै पुनर्जागरण आएको छ । साथै उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महŒवपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ । राजधानी दैनिकमा खबर छ