नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु, २८१७ जना नयाँ संक्रमित

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०७७, १६ : ३२
नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु, २८१७ जना नयाँ संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा दुई हजार आठ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट गत २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । 

गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु दुई हजार आठ सय १२ जना छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय १९ रहेको छ । अघिल्लो साता यो संख्या ३७ हजार सात सय ६५ पुगेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या एक लाख ९४ हजार चार सय ५३ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेहरु कुल एक लाख ५७ हजार नौ सय २६ जना छन् । कोरोनाबाट नेपालमा एक हजार एक सय आठ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस