बालुवाटारमा प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०७७, १५ : ०४
बालुवाटारमा प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका तीन नेतालाई बालुवाटार बोलाएर भेटवार्ता गरेका छन् । 

नेपालसहित नेता भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएर प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन् । यसअघि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्को दिन माधव पक्षका नेतालाई बोलाएर ओलीले भेटवार्ता गरेका हुन् । उनीहरुबीच यतिबेला छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । 

यसअघि कार्तिक ५ र ११ मा प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए ।  नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका थिए । 


 

प्रतिक्रिया दिनुहोस