ग्वाटेमालामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी

शुक्रबार, २१ कार्तिक २०७७, १७ : ५५
ग्वाटेमालामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ५० पुग्यो

फाइल तस्विर

मेक्सिको सिटी ।  ग्वाटेमालामा आएको इटा नामको समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । 

ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तिब्र बनाइएको बताउनु भएको छ । 

उहाँले बिहीबार अबेर आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा भन्नुभयो, “दुर्भाग्यबस, आजै चार जनाको मृत्यु भएको छ, र मृत्यु हुने व्यक्तिको संख्या ५० पुगेको छ ।”

राष्ट्रपति जियामाटीले आँधी प्रभावित क्षेत्रबाट अझै एक हजार ५०० भन्दा बढी व्यक्तिलाई तत्काल उद्धार गर्नु पर्ने अवस्था रहेको जनाउँदै तर यी क्षेत्रमा नदीको बहाव र सतह बढेकाले उद्धारमा कठिनाई भइरहेको बताउनुभयो ।

जलवायु प्रक्षेपणहरुले ग्वाटेमालामा आगामी ४८ घण्टामा भारी वर्षा हुने जनाएका छन् । देशका नौ वटा सरकारी निकायहरुले यसअघि नै आपतकाल घोषणा गरिसकेका छन् । 

ईटा नामको समुद्री आँधी हाल होन्डुरसतर्फ अघि बढ्दै क्यारेबियन क्षेत्रतर्फ लागेको छ ।  (रासस–एएनआई) 

प्रतिक्रिया दिनुहोस