साउदीमा श्रमिकलाई केही खुकुलो, करार सकिएपछि सजिलै स्वदेश फर्किन सकिने

पत्रपत्रिकाबाट

शुक्रबार, २१ कार्तिक २०७७, ०७ : ३१
साउदीमा श्रमिकलाई केही खुकुलो, करार सकिएपछि सजिलै स्वदेश फर्किन सकिने

काठमाडौं । नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबले रोजगारीको करार अवधि सकिएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाइने व्यवस्था गरेको छ । 

यसलाई आउँदो मार्च १४ देखि कार्यान्वयनमा ल्याउने साउदी सरकारले जनाएको छ । साउदीमा झन्डै ३ लाख ५० हजार नेपाली कार्यरत छन् । त्यहाँको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार राष्ट्रिय परिवर्तन कार्यक्रमअन्तर्गत ‘श्रम सुधार पहल’ को घोषणा गरेको हो ।

मन्त्रालयका अनुसार करार अवधि समाप्त भइसकेपछि साउदीबाट बहिर्गमन हुन अहिलेजस्तो रोजगारदाताको बाध्यकारी अनुमति चाहिँदैन । करार अवधि भने पूरा गर्नुपर्छ । करार कति वर्षसम्मको हुन्छ भन्ने निर्धारण गरिएको छैन । नेपाल सरकारले दुई वर्षका लागि मात्रै श्रमस्वीकृति प्रदान गर्ने गरेको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस