काठमाडौँ । कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ । उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ ।
“यदी तपाई यात्रामा हुनुहुन्छ भने होटलमा बस्नु पर्ने बाध्यता हुनसक्छ,” केन्द्रले भनेको छ । त्यसैगरी संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्नुहुन्छ भने पनि घरमै बस्नु भन्दा होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ ।
तर आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरुले बताएका छन् । सँगसगै खाने, सँगसगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरु सवैभन्दा असुरक्षित हुने उनीहरुको भनाई छ ।
]
होटलमै बस्नु परेमा वा भाडाका ठाउँहरुमा बस्नु परेमा कम्तीमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरुले सुझाव दिएका छन् । त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपायहरु गर्न क्यालिफोर्निया विश्वविद्यालयका सङ्क्रमण विज्ञ डा नतास्चा टुज्नीकले जोड दिनुभयो ।
उहाँले धेरै छोइने तथा प्रयोग हुने ढोका, झ्याललगायतका ठाउँमा सावुन पानी वा अन्य सावुनजन्य पदार्थले सफा गर्न वा कोठामा हावा खेल्ने बनाउन पनि सुझाव दिनुभएको छ । भाडामा बसिएका कोठामा पनि होटलका कोठा भन्दा धेरै सफा, सुरक्षित र हावा धेरे खेल्ने हुन सक्ने पनि उहाँको भनाई छ ।
होटलमा बस्दा सवै सुरक्षाका उपायहरु के कत्तिको अवलम्बन गरिएको छ, सरसफाइको प्रक्रिया के छ, सामाजिक दुरी कायम गरिएको छ की छैन, साझा ठाउँ तथा सामग्रीहरुको प्रयोग भएको छ की छैन जस्ता विषयमा पनि ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० कार्तिक २०७७, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटल मिस्टेक माउण्टेन अब पोखरामा
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
चितवनका विभिन्न होटलमा प्रहरीकाे छापा, २० जना पक्राउ
रारा ताल किनारको डाँफे होटलमा आगलागी, जलेर पूर्णरुपमा नष्ट