बालुवाटारमा आज को धेरै जंगियो ? यस्तो छ नालीबेली

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०७७, १८ : ४८
बालुवाटारमा आज को धेरै जंगियो ? यस्तो छ नालीबेली

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगे । दोस्रो तहका नेताहरुले ओलीसँग वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएपछि उनी बालुवाटार पुगेका थिए । 

गत आइतबारदेखि झन् चुलिएको नेकपाभित्रको अन्तरबिरोधका बीच दुईजना अध्यक्षबीच आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भयो । अघिपछिको जस्तो आजको वार्ता सौहार्दपूर्ण भएन । दुबै अध्यक्ष एकअर्काबीचको आरोप प्र्रत्यारोपमा कड्किए, जंगिए । फरक यति हो, को बढी कड्किए ? को बढी जंगिए ?

सँधैझैं एकोहोरो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुनेर तारिख धाउँदै फर्किने गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बढी नै जंगिए । ‘अघिपछिको जस्तो होइन, आज अध्यक्ष प्रचण्ड भयङ्करसँग कड्कनुभयो, जंगिनुभयो, प्रधानमन्त्री ओली सुनेरमात्र बस्नुभयो’ स्रोतले जानकारी दियो ।  

‘प्रचण्डले सचिवालय बैठक बोलाउन पटकपटक जंगिनुभयो, प्रधानमन्त्री ओली कुनै हालतमा बैठक बोलाउन नहुने अडिग देखिनुभयो’ स्रोतले भन्यो । भेटको शुरुमै दाहालले प्रधानमन्त्रीलाई सोध्नुभयो  ‘तपाईंको राजीनामा कसले माग्या छ र हिजो टिचिङ हस्पिटलका स्वास्थ्यकर्मी तथा कर्मचारीमाझ रोइलो गर्नुभएको ? भन्दै प्रचण्ड जंगिनुभयो’ स्रोतले भन्यो, ‘अध्यक्ष भएर पार्टी कमिटी बैठकको सामना नगर्ने अनि असम्बन्धित क्षेत्र र बाहिर गएर राजीनामा मागियो भनी रोइलो गर्दै हिँड्नुको के अर्थ छ ? कसले माग्यो तपाईंको राजीनामा ?’

सँधैजसो ओली बोल्ने, प्रचण्डले सुन्ने अवस्थाको क्रमभङ् भएको स्रोतको भनाइ छ, ‘प्रचण्डले समस्या समाधानको उपाय देखाउँदै अन्तरपार्टी निर्देशन मान्नुहोस्, पार्टी पद्धतिलाई आत्मसात गर्नुहोस् र कमिटीका बैठकहरू बोलाउनुस् भन्नुभयो, ओली मौन भएर सुनिरहनुभयो ।’ प्रचण्डले तपाईं आफैँ पार्टी फुटाउन उद्धत देखिनुभएको छ भन्दै ओलीलाई थर्काउनुभएको स्रोतको भनाइ छ । 

प्रचण्डले यति भनेपछि अध्यक्ष तथा प्रधानमन्त्रीले भने, कसरी ? के को कसरी नि ? दाहालले भन्नुभएको वाक्य उद्धृत गर्दै स्रोतले भन्यो  ‘हिजो १ नं प्रदेशका जिम्मेवार नेताहरूसँग गरिएको भर्चुअल बैठकमा बोलिएको र दिइएको निर्देशन केतर्फ लक्षित थियो ? त्यसमाथि स्वयम् अध्यक्ष अझ त्यसमा पनि प्रधानमन्त्री समेत रहेको व्यक्तिले गुटको भेला गर्दै हिँड्नुले के अर्थ राख्छ ?’

स्रोतका अन्सार प्रचण्ड जंगिएपछि अध्यक्ष तथा प्रधानमन्त्रीले असहमति जनाउँदै बैठक राख्दिनँ, मलाई अव्ठ्यारो पार्ने काम हुन्छ मात्र भनिरहेका थिए । 


 

प्रतिक्रिया दिनुहोस