अमेरिकी राष्ट्रपतिको चुनावमा पहिलो पटक जो बाईडेनले पाए ७ करोड भोट

एजेन्सी

विहीबार, २० कार्तिक २०७७, ०८ : १३
अमेरिकी राष्ट्रपतिको चुनावमा पहिलो पटक जो बाईडेनले पाए ७ करोड भोट

एजेन्सी । अमेरिकी राष्ट्रपतिको टुुंगो अझै लागिसकेको छैन । तर डेमोक्रेटिकतर्फका उम्मेदवार जो बाइडेनले एउटा नयाँ कोशेढुुंगा पार गरिसकेका छन् । 

राष्ट्रपतिका लागि चुनावमा प्रतिस्पर्धा गर्नेमध्ये ७ करोडभन्दा धेरै भोट ल्याउने उनी पहिलो व्यक्ति हुन् । बाइडेनका पक्षमा अहिलेसम्म ७ करोड १० लाख भोट आइसकेको छ र यो बढ्दैछ । यसअघि राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै मत ल्याउने किर्तिमान पूर्व राष्ट्रपति बाराक ओबामाको नाममा थियो । २००८ मा उनले ६ करोड ९५ लाखको हाराहारीमा मत ल्याएका थिए । 

बाइडेनका प्रतिस्पर्धी ट्रम्पले बुधबार साँझसम्म ६ करोड १ लख मत ल्याएका छन् । मतदाता संख्याको हिसाबमा २०२० को चुनाव अहिलेसम्मकै सबैभन्दा ठूलो हो । यसपटक १५ करोड ९ लाख अमेरिकीहरुले भोट खसालेको एनबिसीको रिपोर्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस