काठमाडौँ । बिमा समितिको निर्देशनअनुसार बिमा कम्पनीले बिहीबारदेखि नै कोरोना बिमाको सबै दाबीको भुक्तानी सुरु गर्ने भएका छन् । यस विषयमा बिमक संघको बैठकले बुधबार निर्णय गरिसकेको छ ।
बिमा पुलले बिहीबारदेखि नै सम्बन्धित कम्पनीमा पठाउन सुरु गरे पनि बिमितले भुक्तानी पाउन थप २,३ दिन लाग्ने बताइएको छ । बैठकको सहमतिअनुसार बिमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बिमा (पुल) मा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्नेछ । सरकारी अस्पतालमा गरिएको रिपोर्टको दाबी भुक्तानी भइरहेको कम्पनीहरूको दाबी छ ।
अर्थ मन्त्रालयको निर्देशनका आधारमा बिमा समितिले मंगलबार नै कम्पनीहरूलाई सात दिनभित्र सबै बिमितलाई भुक्तानी दिन निर्देशन दिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि बुधबार बैठक बसेको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० कार्तिक २०७७, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु