भारतीय पत्रकार अर्नब गोस्वामी किन पक्राउ परे ?

पत्रपत्रिकाबाट

विहीबार, २० कार्तिक २०७७, ०७ : २८
भारतीय पत्रकार अर्नब गोस्वामी किन पक्राउ परे ?

काठमाडौं । भारतको रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नब गोस्वामी आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पीटीआईका अनुसार गोस्वामीलाई सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो ।  रिपब्लिक टेलिभिजनले भने गोस्वामीलाई हातपात गर्दै मुम्बई प्रहरीले पक्राउ गरेको समाचार प्रसारण गरेको छ ।

टुंगो लागिसकेको मुद्दामा नियोजित रूपमा गोस्वामीलाई गिरफ्तार गरिएको टेलिभिजनको दाबी छ । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद सन् २०१८ मा घरभित्रै मृत भेटिएका थिए । कान्तिपुरमा खबर छ ।