भावना : अन्तिम गजल

बुधबार, १९ कार्तिक २०७७, १६ : ५६
भावना : अन्तिम गजल

– अमृत पौडेल

साहित्यिक जीवनको गोधुलीमा पुग्नै नपाई                             
सायद जिन्दगीकै अन्तिम गजल आज कोर्दै छु 
गजल लेख्ने कलमको मसी सकिएछ क्यार 
अन्तिम गजल लेख्न आज मसी भर्दै छु । 

दोष कसको थियो थाहा छैन बस, सजाय एक्लै भोग्दै छु 
समाज जे भनोस्, उ जे भनोस्, आफ्नै मुखले जे भनोस् 
मनले त आखिर तिमीलाई खोज्दै छु 

गजल लेख्ने कलमको मसी सकिएछ क्यार 
अन्तिम गजल लेख्न आज मसी भर्दै छु । 

शब्दहरु खेलाई खेलाई गजल लेख्ने मान्छे 
अन्तिम शब्द भएर होला आँशु झार्दै छु 

मेरो लागि नुन छोड्ने कोही हुन्न होला 
आफ्नो लागि आफै आज नुन बार्दै छु 

साहित्यिक  जीवनको गोधुलीमा पुग्नै नपाई 
 जिन्दगीकै अन्तिम गजल आज कोर्दै छु
गजल लेख्ने कलमको मसी सकिएछ क्यार 
अन्तिम गजल लेख्न आज मसी भर्दै छु । 

प्रतिक्रिया दिनुहोस