शान्ति भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे पुण्य गौतम

रासस

बुधबार, १९ कार्तिक २०७७, १२ : ०१
शान्ति भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे पुण्य गौतम

साँखु । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

गौतमलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी  अनुसन्धान अगाडी बढाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस