काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते मृत्यु भएको थियो । उपचार गर्न बुटवल गएर फर्किने क्रममा खनालको बाटैमा ज्यान गएपछि सेनाले शव व्यवस्थापन गरेको थियो । खनालको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उनै खनालको शव परिवारले यही कात्तिक १५ गते निकालेर खुला रुपमा दाहसंस्कार गरेका छन् । आफन्त प्रकाश खनालले झण्डै ५ महिनामा शव उत्खनन गरी हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको बताए ।
‘त्यसबेला शव गाड्ने स्थल समेत नपाएर घरनजिकै गाड्नुपरेको थियो’, उनले भने, ‘यसरी हुँदैन, आत्मशान्तिका लागि परम्पराअनुसार नै अन्तिम संस्कार गर्नुपर्छ भनेर शव निकाल्यौं ।’ माटोमा गाडिएको शव केही सडेको थियो ।
पाँच घण्टा लगाएर निकालिएको शव पोको पारी परिवारका सदस्यले अन्तिम श्रद्धाञ्जली दिए । २४ जना मलामीसहित रिडी नदी घाटमा अन्तिम संस्कार गरिएको हो । अन्न्पूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १९ कार्तिक २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि