स्वास्थ्य मन्त्रालयलाई डेढ करोड बराबरका पीपीई हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १३ : ४३
स्वास्थ्य मन्त्रालयलाई डेढ करोड बराबरका पीपीई हस्तान्तरण

सांकेतिक तस्विर

काठमाडौँ । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ ।

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएकी हुन् । 

कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा १ करोड ६२ लाख रुपैयाँ बराबरका ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराइएको बताइन् । 

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालय मार्फत सहयोग गरेको उनले बताइन् ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वास समेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गरिन् । एक्सन ऐडले नेपालमा ३८ वर्षदेखि काम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस