महेन्द्रनगर । कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ ।
मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।
“महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, “ शवसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ की महिला हुन् ।” शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ कार्तिक २०७७, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता