काठमाडौं । नेपालमा कोरोनाका कारण करिब एक हजारले ज्यान गुमाएका बेला विश्वमा १२ लाखभन्दा बढी नागरिक यसकै कारण कालको मुखमा पुगेका छन् । विश्वमा चिसो बढेसँगै कोभिडले उग्र रुप लिने संकेत देखाइसकेको छ । एकातिर मान्छे लापर्बाह बन्दै छ भने अर्कातिर संक्रमणको संख्या पनि वृद्धि भइरहेको छ ।
यसले शक्तिशालीदेखि गरिब नागरिकसम्मको कठालो समाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनदेखि विश्वका थुप्रै धनाढ्य, बुद्धिजीवी, लोकप्रिय व्यक्तिहरुलाई यसले गाँजेको थुप्रै उदाहरण दोहोरिसकेका छन् ।
विश्वभरिका नाम चलेका औषधी उत्पादक कम्पनीदेखि यस भाइरसको शुरुआत भएको मुलुक चीनसमेत यसविरुद्धको खोप विकासका लागि दिनरात कसरत गर्दै छन् । मै हुँ भन्ने विकसित, शक्तिशाली तथा धनी मुलुक र वैज्ञानिकहरुसमेत यसको स्थायी उपचार कहिलेसम्ममा विश्वबजारमा आइपुग्ने हो भनेर निश्चित भविष्यवाणी गर्न सकेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ कार्तिक २०७७, ०७ : ०९
लेखकबाट थप