काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन तत्कालको लागि रोकिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरे पनि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि पुनर्गठनको तयारी रोकिएको हो ।
आज आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने अन्तिम तयारीमा मुख्यमन्त्री शाही जुटेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन मुख्यमन्त्री शाहीले यसअघि नै आग्रह गरिसकेका थिए । मुख्यमन्त्री शाहीबाट प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा दिन आग्रह गरे पनि उनीहरुले राजिनामा नदिने निर्णयमा पुगेका थिए । ओली निकटका मन्त्रीहरु रावल र बुढा बरु हटाए हट्ने अडान लिएका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारी कर्णाली प्रदेशमा थियो । नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका थिए। सोही सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।
ओली निकट यमलाल कँडेलको नेतृत्वमा नेकपाकै १८ सांसदले हस्ताक्षर गरी तयार भएको अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट बर्खास्त गर्दै मुख्यमन्त्री शाहीले सीता नेपालीलाई प्रमुख सचेतक नियुक्ति गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०७७, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड