हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ। बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन्। त्यसो त, यो मौसमी उपक्रमले भाइरस संक्रमणको जोखिम बढ्छ नै भनेर ठोकुवा गर्न नमिल्ने तर्क पनि अन्यको छ।
अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा. एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आएका छन्।
‘अमेरिकामा हिउँदयामको शुरुवातसँगै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। यो अत्यन्त ठूलो समस्या र चूनौती हो,’ उनले अमेरिकी टेलिभिजन सीएनबीसीसँगको एक अन्तर्वार्तामा हालै भनेका छन्। अन्य अध्ययनका नतिजाले पनि डा. फाउसीको चिन्तालाई थप प्रमाण दिएका छन्। नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ कार्तिक २०७७, ०७ : ०२
लेखकबाट थप