मुकेश चौरसिया हत्या प्रकरण : एक सातापछि पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १७ : १९
मुकेश चौरसिया हत्या प्रकरण : एक सातापछि पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

पर्सा । नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी प्रहरीले एक सातापछि दर्ता गराएको छ । चौरसिया हत्या प्रकरणमा प्रहरीले १२ जनाविरुद्ध जाहेरी दर्ता गरेको हो । 

बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको हो । 

पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएको थियो । पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो । विरोधका कार्यक्रम चल्दै आएपछि पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जाहेरी दर्ता गर्न बाध्य भएको छ । 

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझेका थिएनन् । जाहेरी दर्ता गरेपछि अब शव बुझ्ने परिवारले जनाएका छन् । चौरसियाको शव नारायणी अस्पताल वीरगञ्जमा  छ ।

 

प्रतिक्रिया दिनुहोस