भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको मिति तय

कात्तिक १९ देखि २१ सम्म  नरवणेले नेपाल भ्रमण गर्ने, उनको विवादास्पद अभिब्यक्तिका कारण उनको नेपाल भ्रमणको राष्ट्रवादी नेपालीहरुले विरोध गर्ने

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०७७, ०८ : ५१
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको मिति तय

काठमाडौं । भारतीय सेनाध्यक्ष  जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको मिति टुंगो लागेको छ । उनले कात्तिक १९ देखि २१ गते सम्म नेपालको भ्रमण गर्ने मिति टुंगो लागेको हो । गत वर्षको कात्तिक देखि बिग्रेको नेपाल भारत सम्वन्ध पून स्थापित गर्ने लक्ष्यसहित उनले नेपाल भ्रमण शुरु गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष राजनीतिक नेता र केही अन्य ब्यक्तिहरुसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनको यस अगाडी नै भ्रमण मिति तय भएपनि लकडाउनका कारण स्थगित हुन पुगेको थियो । यो भ्रमण लाई यस अर्थमा पनि महत्वपूर्ण मानिएको छ की उनले नेपालको भूमि समेटेर भारतले नक्सा जारी गर्दा र सडक मार्ग बनाउदा नेपालले जनाएको आपत्ति र विरोधलाई अन्य कुनै देशको इशारामा विरोध जनाएको भन्दै आपत्तिजनक अभिब्यक्ति दिएका थिए ।

तर उनै विवादास्पद सेनाध्यक्षलाई नेपालले स्वागत गर्न लागेको ले पनि यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको विवादास्पद अभिब्यक्तिका कारण उनको नेपाल भ्रमणका क्रममा नेपालका राष्ट्रवादी नागरिक संघ, सस्थाहरुले उनको विरोध र कालोझन्डा देखाउन सक्ने सम्भाबना पनि उत्तिकै छ ।

उनको भ्रमणका एजेण्डाहरु पनि तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । द प्रिन्टका अनुसार, उनले आफ्नो समकक्षी नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालगायत नेपालका शीर्ष नेता र सेनाका सक्कल दर्जाका अधिकृतहरुसँग छलफल गर्नेछन । जसमा दुई पक्षवीच १८ सय किलोमिटर लामो सीमाको ब्यवस्थापनका पक्षहरुमा महत्वपूर्ण छलफल गर्ने कार्यसूचि बनेको छ ।

‘सेना प्रमुखले कात्तिक १९ देखि २१ गते सम्म नेपालको भ्रमण गर्ने छन जसको उद्देश्य रक्षा र सुरक्षाको क्षेत्रलगायत समग्र सम्बन्धलाई अझ सुदृढ पार्ने लक्ष्य राखिएको  छ,’ भारतीय सरकारी अधिकारीहरुलाई उदधृत गर्दै  द प्रिन्टले लेखेको छ ।

१९५० देखि शुरू भएको एक पुरानो परम्पराको निरन्तरताका लागि पनि उनी काठमाडौं आउन लागेका हुन् । त्यसबेला  देखि दुई देशका सेनाध्यक्षलाई एक अर्काे देशको मनार्थ महारथीको दर्जा  दिने परम्परा छ । राष्ट्र पति विद्यादेवी भण्डारीले  नरवणे लाई शित्तल निवासमा आयोजित एक कार्यक्रमका वीच नेपाली सेनाको मानार्थ महारथी पदको दज्र्यानी चिन्ह लगाएर सम्मान गर्नेछिन् ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमि मा आफनो नक्सामा समेटेर सडक मार्ग खोल्ने सम्मको काम गरेपछि नेपालले प्रतिवाद गदै आएको थियो । नेपालले पनि अन्तत आफनो राजनीतिक तथा प्रशासनिक नक्सामा ति भूमिलाई समेटेर संविधानमा समेत लिपिवद्ध गरेपछि दुई देश वीच सम्वन्धमा निक्कै ठूलो खाडल परिरहेको छ । त्यसयता दुई देशका वीचमा उच्चस्तरमा राजनीतिक तथा कुटनीतिक सम्वाद हुन सकेको थिएन । नरवणेको यो भ्रमण त्यसयताकै भारतीयको तर्फवाट उच्च स्तरको भ्रमण हुने छ ।

केही दिन अगाडी मात्रै प्रधानमन्त्री केपी ओली स्वंमले निम्तो दिएर भारतीय गुप्तचर सस्था रअका प्रमुख सामन्तकुमार गोयललाई वालुवाटारमा भेट गरेका थिए । जुन भेटघाट नेपालमा निक्कै आलोचित बनिरहेको छ । प्रधानमन्त्री ओली र उनका निकट सहयोगीले यसको बचाउ गर्न खोजेपनि ओलीको राष्ट्रवाद बोली र ब्यवहारमा तालमेल नमिलेको भन्दै आलोचना भईरहेको छ ।

यस्तो बेला भारतीय सेनाध्यक्षको पनि भ्रमण हुन लागेको छ । जसले पनि नेपालको मामिलामा विवादास्पद अभिब्यीक्त दिएका थिए । राष्ट्रवादी नेपालीहरुले भने नेपालको सन्दर्भमा विवादास्पद अभिब्यीक्त दिने सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी पदवाट सम्मान गर्न नहुने बताईरहेका छन् । यही  बेला सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण हुन लागेको हो ।

तर भारतले सेना प्रमुखलाई नेपाल पठाउँदै गरेको निर्णयलाई नयाँ दिल्लीले म्यानमार, माल्दिभ्स, बंगलादेश, श्रीलंका, भुटान र अफगानिस्तानसँगको सम्बन्धलाई पुनर्जीवित गर्ने ठूलो अभ्यासको रुपमा लिइएको छ ।

यस क्षेत्रमा आफनो प्रभाव विस्तारका लागि भारतले सेनाध्यक्षलाई प्रयोग गर्न थालेको अर्थमा पनि लिन थालिएको छ । किनकी यसै महिनाको शुरुमा भारतीय सेनाध्यक्ष नरवणेले  विदेश सचिव हर्षवर्धन सँगै म्यानमारको यात्रा गरेका थिए र यस अवधिमा भारतले म्यानमारसँग पनडुब्बी आपूर्ति गर्ने निर्णय गर्नुका साथै सैन्य र रक्षा सम्बन्ध अझ गाढा गर्ने सहमति गरेको थियो । 

प्रतिक्रिया दिनुहोस