बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०७७, १५ : ४९
बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो

मकवानपुर । कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पौडेललाई काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको उनका प्रेस सहयोगी प्रकाश दाहालले जानकारी दिए । 

मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।  हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतना अपनाउँदै काठमाडौँ लगिएको मुख्यमन्त्री पौडेलका परिवारजनले जानकारी दिएका छन् । परिवारका अनुसार मुख्यमन्त्री पौडेललाई सामान्य रुघाखोकीमात्र छ, अरु लक्षण देखिएको छैन । 
 

प्रतिक्रिया दिनुहोस