आइपीएल : बैंग्लोरद्धारा कोलकाता ८ विकेटले पराजित

एजेन्सी

विहीबार, ०६ कार्तिक २०७७, ०९ : ०४
आइपीएल : बैंग्लोरद्धारा कोलकाता ८ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।

दुबईमा गए राति भएको खेलमा  बैंग्लोरले  कोलकाता  ८ विकेटले पराजित गर्दै खेल तालिकाको दोश्रो स्थानमा पुगेको छ । ८५ रनको झिनो लक्ष्य पाएको बैंग्लोरले १३ ओभर तीन बलमा खेल्दै दुई विकेटको क्षतिमा पुरा गर्यो ।

उसका लागि देवदत्त पाडिकालले १७ बलमा २५, एरोन फिन्चले २१ बलमा १६, गुर्कीरत सिंहले २६ बलमा नटआउट २१ तथा कप्तान कोहलीले १७ बलमा नटआउट १८ रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले ८ विकेटको क्षतिमा मात्रै ८४ रन बनायो । कप्तान मोर्गनले ३० रन बनाए पनि अरुले राम्रो गर्न सकेनन् । बैंग्लोरका मोहम्मद सिराजले तीन तथा युजवेन्द्र चहलले दुई विकेट लिए ।

जितपछि बैंग्लोर १० खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ । समान १४ अंक भएका दिल्ली क्यापिटल्स पहिलो स्थानमा छ भने बैंग्लोर दोश्रो स्थानमा उक्लेको छ । 

प्रतिक्रिया दिनुहोस