८ प्रतिशत बढ्यो रेमिट्यान्स : दुई महिनामा भित्रियो १ खर्ब ६५ अर्ब

पत्रपत्रिकाबाट

विहीबार, ०६ कार्तिक २०७७, ०७ : १४
८ प्रतिशत बढ्यो रेमिट्यान्स : दुई महिनामा भित्रियो १ खर्ब ६५ अर्ब

काठमाडौँ — कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । रोजगारीका लागि विदेशिएका नेपालीले चालु आर्थिक वर्षका दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ घर पठाएका छन् । गत आर्थिक वर्षका दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भित्रिएको रेमिट्यान्स ८.१ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षका दुई महिनामा रेमिट्यान्स वृद्धिदर ०.६ प्रतिशतले ऋणात्मक हुँदा पनि १ खर्ब ५३ अर्ब ३५ करोड रुपैयाँ मुलुक भित्रिएको थियो । ‘उक्त अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स २.६ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।’ कान्तिपुर दैनिकमा खबर छ ।  

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस