ग्लोबल आईएमईले थप्यो शाखा र एक्स्टेन्सन काउण्टर

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १७ : ५३
ग्लोबल आईएमईले थप्यो शाखा र एक्स्टेन्सन काउण्टर

चितवन ।  ग्लोबल आईएमई बैंकले चितवनको सप्तगण्डकी कलेजमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ । ग्लोबल आईएमई बैंकले सप्तगण्डकी बहुमुखी क्याम्पसमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पस परिसरमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । काउण्टरको बुधबार ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उद्घाटन गरेका थिए । 

एक्स्टेन्सन काउण्टरबाट क्याम्पसका विद्यार्थीसँगै अन्य स्थानीय सेवाग्राहीहरु पनि बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने ग्लोबल आईएमई बैंक नारायणगढ शाखा प्रवद्र्धक लक्ष्मण पौडेलले जानकारी दिए । काउण्टरमा विद्यार्थीहरुलाई कलेज परिसरभित्र बाट नै सेवा लिन मिल्ने व्यवस्था मिलाइएको छ । पौडेलका अनुसार कलेजमा अध्यरनरत विद्यार्थीहरु बैंकिङ शिक्षा पनि एक्स्टेन्सन काउण्टरबाट हुनेछ । यो बैंक चितवनमा सबै भन्दा धेरै शाखा भएको बैंकको रुपमा परिचत छ ।  

क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पस भित्र नगद कारोबार नभई बैंकिङ्ग कारोबारलाई प्राथमिकता दिनको लागि पनि काउन्टर स्थापना गरेको बताए । क्याम्पसमा विस्तारै विद्यार्थी भर्ना, मासिक शुल्क, परीक्षा शुल्कलगायतका विद्यार्थीका सबै शुल्क बैंक बाट नै भुक्तानी हुनेछ उनले भने । बैंकिङ कारोबारमा जाँदा कलेजको काम सहज र सरल हुने महतोको विश्वास छ । यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली रुपमा उद्घाटन गरेका हुन् । 

यसका साथै बैंकले भक्तपुरको गाम्छमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २६१ शाखा सञ्जालसहित २३७ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस