सरकार विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) ले घोषणा गरे संर्घषका कार्यक्रम (वक्तब्य सहित)

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, ०९ : ४४
सरकार विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) ले घोषणा गरे संर्घषका कार्यक्रम (वक्तब्य सहित)

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारले कोरोना महाव्याधीबाट जनताको जीउधनको सुरक्षा गर्ने कामबाट हात झिकेको र स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग गरेको भन्दै संर्घषको कार्यक्रम घोषणा गरेको छ ।

महासचिव विप्लवले आज बुधबार बिहानै एक वक्तब्य जारी गर्दै सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम बनाउन लागि परेकाहरुका विरुद्ध संर्घष गर्ने चेतावनी दिएका छन् । ‘राज्य सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग भइरहेको छ ।

हाम्रो पार्टी राष्ट्र र जनताको यस सङ्कटको बेला जनताको स्वास्थ्यमा खेलबाड गर्ने तथा सत्ता र शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउन समेत सम्बन्धित पक्षलाई चेतावनी दिन चाहन्छ ।’ विप्लवले वक्तब्य मार्फत भनेका छन् ।विप्लव नेकपाले जारी गरेको संर्घषका कार्यक्रम अन्र्तगत कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुश प्रर्दशन गर्ने लगायतका छन् ।

आम नागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा पनि तय गरेको विप्लवले वक्तब्य मार्फत जनाएका छन् । ४ बुँदे वक्तब्य जारी गर्दै महासचिव विप्लवले वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनता प्रति झन्पछि झन् उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको आरोप लगाएका छन् ।

सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेको भन्दै उनले कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रणमा खर्चिनुपर्नेमा जोड दिएका छन् ।

कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय काम गरेको आरोप लगाएका छन् ।  विप्लवले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न सरकारसँग विशेष माग समेत गरेका छन् ।

हेर्नुहोस वक्तब्य :

प्रतिक्रिया दिनुहोस