भव्य बन्यो रानीपोखरी, सुन्दरताबारे चर्चा बढ्यो..

पत्रपत्रिकाबाट

मंगलबार, ०४ कार्तिक २०७७, ०८ : ३५
भव्य बन्यो रानीपोखरी, सुन्दरताबारे चर्चा बढ्यो..

काठमाडौं । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताबारे चर्चा बढ्न थालेको छ । केही महिना अघिसम्म एउटा भग्नावशेष जस्तो देखिने रानीपोखरीको स्वरूप यतिबेला कायापलट भएको छ । कञ्चन रानीपोखरीमा दरबार हाइस्कुल, जमल क्षेत्रका उच्च भवनसँगै उत्तरपूर्वमा रहेको घण्टाघरको छवि निकै रमणीय देखिन्छ ।

यसवर्षको तिहारमा रानीपोखरी र बालगोपालेश्वरको मन्दिर नागरिकका लागि खुला गरिने भएको छ । बुधबार यसको औपचारिक उद्घाटन गरिएपछि तिहारमा आम नागरिकका लागि खुला गर्ने निर्णय गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार सोमबार र मङ्गलबार सरसफाइ र सजावटको काम सकिएपछि रानीपोखरी नागरिकका लागि खुला गर्न तयार हुनेछ । रानीपोखरीमा सोमबार दर्जनौँ कामदार यसलाई अन्तिम रूप दिन खटिएका थिए । रेखदेखकर्ता दोर्ची शेर्पाका अनुसार छुटेको रङ्गरोगन, टालटुलसहित सरसफाइ र बगैँचा सजाउने काम भइरहेको छ । मङ्गलबारदेखि सुरक्षाकर्मी तैनाथ हुनेगरी व्यवस्थापन गरिएको छ ।

झण्डै एक सय कामदारको समूहले रानीपोखरीलाई थप चम्काउने काम मङ्गलबार साँझसम्म भ्याउनेछन् । गतवर्षको भदौ अघिसम्म भने भक्तपुरबाट आएका सम्पदा निर्माण गर्ने महिला सहितको टोलीले प्रारम्भिक चरणको काम सकेका थिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस