नास्टले बनायो नमस्ते गर्दै मास्क दिने रोबोट

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १६ : ३८
नास्टले बनायो नमस्ते गर्दै मास्क दिने रोबोट

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले सेवाग्राहीलाई नमस्ते गर्दै मास्क दिने रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी रोबोट सार्वजनिक गरेको हो । 

‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले सेवाग्राही कार्यालयमा पस्दा वा निस्कँदा हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लागयतको काम गर्छ । यो रोबोट कुनैपनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नास्टले जनाएको छ । 

नास्टका इन्जिनियर रोशन पाण्डेका अनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाइजर दिने, मास्क नलगाएको खण्डमा मास्क दिने काम गर्छ । यो रोबोटलाई नास्टकै प्रवेशद्वारमा राखिने पाण्डेले बताए ।

कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कँदा प्रभावकारी रुपले नियन्त्रण गर्न सक्ने उद्देश्यले रोबोट निर्माण गरिएको पाण्डेले बताए । राबोटले मास्क दिने, कोभिडको बारेमा सूचना दिने गर्दा यसबाट जनचेतनामुलक सन्देश जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस