कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०७७, १७ : १७
कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । सबै निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई बेड छुट्याउन निर्देशन दिएको हो ।

मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित ५० प्रतिशत बेड छुट्याउन भनेको हो । यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनेको थियो । तर संक्रमण बढेसँगै कम्तिमा ५० प्रतिशत सबै प्रकारका बेड छुट्याउन भनिएको हो । साथै कोरोना संक्रमितको डिस्चार्ज अवधि पनि घटाएको छ ।

अब पछिल्लो तीन दिनमा लक्षण देखिएको छैन भने १० दिनमा डिस्चार्ज गर्न भनेको हो । यसअघि १० दिनमा पीसीआर गर्ने र पोजेटिभ आए १४ दिनमा टेष्ट नगरी पठाउन भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस