लकडाउन खुलेपछि बढ्यो कर्जा प्रवाह

पत्रपत्रिकाबाट

आइतबार, ०२ कार्तिक २०७७, ०८ : २६
लकडाउन खुलेपछि बढ्यो कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो बैंक तथा वित्तीय संस्थाले दैनिक रूपमा राष्ट्र बैंकमा बुझाएको अपरिष्कृत तथ्यांकको विवरण हो । 

कोभिड–१९ ले सिर्जना भएको अप्ठ्यारो परिस्थितिमा पनि झन्डै सवा अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

कोरोनाको जोखिमबाट बच्न भन्दै सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेको हो । चैतमा लकडाउनअघि केही कर्जा प्रवाह भएको थियो । पछि पनि पहिल्यै स्वीकृत भएका केही कर्जा प्रवाह भएको देखिन्छ ।

त्यसपछि वैशाख, जेठ, असार र साउनमा थप कर्जा प्रवाह ठप्पप्रायः रह्यो । बरु लगानीमा रहेका केही कर्जा असुली भएकाले कुल लगानीमा रहेको कर्जा घट्यो । मासिक कर्जा वृद्धिदर ऋणात्मक रह्यो । तर भदौदेखि बिस्तारै कर्जा प्रवाह बढ्न थाल्यो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस