भारतमा रुसी भ्याक्सिन लगाउन अनुमति

एजेन्सी

शनिबार, ०१ कार्तिक २०७७, २१ : ३८
भारतमा रुसी भ्याक्सिन लगाउन अनुमति

भारतमा रुसी भ्याक्सिन स्पुतनिकको दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न बाटो खुलेको छ । ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले ट्रायलका लागि अनुमति दिएको हो ।

भारतले यसअघि नै रुसी भ्याक्सिन ट्रायल गर्नका लागि सम्झौता गरिसकेको छ । १६ सेम्टेम्बरमा रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) सँग भारतमा स्पतनिक बी को ट्रायल ओर वितरणको लागि सम्झौता भएको थियो । 

हालसम्म भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७४ लाख ४० हजार ६३० पुगेको छ । जसमध्ये ६५ लाख ३० हजार ७५ जना निको भइसकेका छन् । यस्तै हाल ७ लख ९५ हजार २२९ संक्रमितको उपचार चलिरहेको छ । यस्तै परीक्षणको तथ्यांक ९.३ करोड पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस