प्यारजंग थापासहित ८५ भन्दा बढी सैनिकबाट मानवअिधकार उल‌ंघन

पत्रपत्रिकाबाट

शुक्रबार, ३० असोज २०७७, ०७ : ५३
प्यारजंग थापासहित ८५ भन्दा बढी सैनिकबाट मानवअिधकार उल‌ंघन

काठमाडौं । सेनाका पूर्वप्रधानसेनापतिद्वय प्रज्वलशमशेर राणा र प्यारजंग थापासहित ८५ भन्दा बढी सैनिक अधिकारीहरू मानवअधिकार उल्लंघन गर्नेको सूचीमा परेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार आफ्नो २० वर्ष पुगेको उपलक्ष्यमा निकालेको ‘आयोगको २० वर्षः आयोगका सिफारिसहरू र कार्यान्वयन अवस्था’ प्रतिवेदनमा मानवअधिकार उल्लंघन गर्नेको सूची सार्वजनिक गरिएको छ । 

नामावली सार्वजनिक गर्ने क्रममा आयोगले सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाको १० नम्बर वाहिनीअन्तर्गत भैरवनाथ गण तथा युद्धभैरव गण महाराजगन्ज काठमाडौंको थुनामा राखी त्यहींबाट कम्तीमा ४३ जनालाई बलपूर्वक बेपत्ता बनाएको सन्दर्भमा त्यसबेलाका वाहिनीपति र प्रधानसेनापतिसहित ३० जनाको नाम सार्वजनिक गरिएको छ । तर प्रतिवेदनमा प्रधानसेनापति र वाहिनीपतिको नाम भने उल्लेख गरिएको छैन ।

२०६० वैशाखदेखि २०६१ फागुनबीच उक्त घटना भएको उल्लेख गरिएको छ । प्रधानसेनापतिको नाम उल्लेख नगरे पनि उक्त अवधिमा नेपाली सेनामा दुई जना प्रधानसेनापतिको कार्यकाल परेको थियो । २०६० वैशाखदेखि भदौसम्म करिब ५ महिनासम्म २०५७ सालमा प्रधानसेनापति भएका प्रज्वलशमशेर राणाले जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि २०६० को भदौदेखि २०६३ को भदौसम्म प्यारजंग थापाले सेनाको नेतृत्व गरेका थिए ।  त्यसैले माथि उल्लेख गरेको सैनिक संख्या अझ बढ्न सक्ने देखिन्छ । उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही तत्काल अगाडि बढाउन सिफारिस गरिए पनि हालसम्म कुनै काम नभएको प्रतिवेदनमा उल्लेख छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस