सार्कमा कोरोना : नेपालमा मृत्युदर कम, डिस्चार्ज पनि न्यून

पत्रपत्रिकाबाट

शुक्रबार, ३० असोज २०७७, ०६ : ३९
सार्कमा कोरोना : नेपालमा मृत्युदर कम, डिस्चार्ज पनि न्यून

काठमाडौं । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ ।

सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ ।

वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ । राजधानी दैनिकमा खबर छ ।