शिवा पहाडीको पार्थिव राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १३ : ५९
शिवा पहाडीको पार्थिव राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

काठमाडौं । प्रतिनिधिसभाकी सांसद सानु शिवा पहाडीको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । 

त्यस्तै पहाडीको पार्थिव शरीरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

पहाडीको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उनलाई श्रदाञ्जली दिनका लागि आफन्त, सांसद र नेकपाका कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् । 

सांसद पहाडीको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो । उनको बिहीबार अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस