मुख्यमन्त्रीलाई नेपाल पक्षको काँध

पत्रपत्रिकाबाट

बुधबार, २८ असोज २०७७, ०७ : ०९
मुख्यमन्त्रीलाई नेपाल पक्षको काँध

काठमाडौं । माधवकुमार नेपाल पक्षका सातजना सांसद अन्तिम समयमा आएर पछाडि हटेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालबीच मंगलबार बिहान भएको सहमतिअनुसार सरकारको नेतृत्व फेर्ने प्रस्ताव विफल भएको हो।  

दाहाल र नेपालबीच भएको सहमतिपछि केन्द्रबाट आएको निर्देशनअनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका सातजना सांसद पछि हटेका हुन्।

‘पार्टी केन्द्रबाटै पछि हट्न निर्देशन आएपछि मंगलबार बसेको संसदीय दलको बैठकमा हामी उपस्थित भएनौं,’ नेपाल पक्षका एक सांसदले भने, ‘केन्द्रमा दुई नेताबीच भएको सहमतिका विषयमा भने जानकारी छैन।’ मुख्यमन्त्रीका आकांक्षी नेकपाकै सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले मुख्यमन्त्री एवं संसदीय दलका नेता शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। नगरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस