नेकपा सचेतक देव गुरुङलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, १६ : ४८
नेकपा सचेतक देव गुरुङलाई कोरोना संक्रमण

फाइल फोटो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका मुख्य सचेतक देव गुरूङ र उनकी पत्नी यशोदा सुवेदी गुरूङलाई कोरोना संक्रमण भएको छ ।

मुख्य सचेतक गुरूङ दम्पतीले आइतबार पीसीआर परीक्षण गराएकोमा हिजो सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यशोदा संघीय संसदको सांसद पनि हुन् ।

सामान्य ज्वरो र खोकी भएपनि दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनको सचिवालयले केहिदिन यता उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेको छ । गुरूङ दम्पति अहिले आफ्नै निवासमा होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस