मंगलग्रह पृथ्वीबाट आज सबैभन्दा ठूलो र चम्किलो देखिँदै, कति बेला हेर्न मिल्छ !

एजेन्सी

मंगलबार, २७ असोज २०७७, ०९ : २३
मंगलग्रह पृथ्वीबाट आज सबैभन्दा ठूलो र चम्किलो देखिँदै, कति बेला हेर्न मिल्छ !

एजेन्सी ।  पृथ्वीबाट आज (मंगलबार) मंगलग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने वैज्ञानिकहरुले दाबी गरेका छन् ।  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तो दाबी गरेका छन् ।

नासाले खगोल विज्ञानमा यो दुर्लभ रहेको भन्दै यसमा मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुन्छन् । तीनै ग्रह १८० डिग्रीको कोणमा हुने छन् । यो घटनालाई खगोलीय भाषामा मंगलग्रहको ‘अपोजिशन’ भनिन्छ । यो घटना हरेक २६ महिनामा हुन्छ ।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक २६ महिनामा नजिक आउँछन् । मंगलग्रहको अपोजिशन मंगलबार हुँदै गरेको भए पनि गएको मंगलबार अर्थात अक्टोबर ६ मै मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । त्यसबेला दुई ग्रहबिचको दूरी ३८.६ मिलियन माइल थियो ।

मंगलबार बेलुका हुने अपोजिशनको अवलोकन गर्दा मंगलग्रह ठूलो र चम्किलो देखिने छ। यो घटनामा पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । यो नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाली समय अनुसार बुधबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा तीन ग्रह १८० डिग्रीको कोणमा आउने छन् ।

नासाको दाबी अनुसार अब सन् २०३५ सम्म मंगलग्रह पृथ्वीको यति नजिक आउने छैन् । यसअघि सन् २००३ मा मंगलग्रह र पृथ्वीबिचको दूरी ३४.८ मिलियन माइल थियो, जुन ५९ हजार ६१९ वर्षमा सबैभन्दा नजिक आएको घटना थियो । अब २२८७ वर्षसम्म यति नजिक आउने छैन ।

प्रतिक्रिया दिनुहोस