खोटाङ । श्रीमान्को कुटाईबाट शुक्रबार श्रीमतीको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरीको कुटाईबाट उनकी ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरीको मृत्यु भएको हो ।
शुक्रबार बिहान ५ बजे श्रीमान्को कुटाईबाट घाइते भएकी गिरीको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।
बिहान सवा ९ बजे दिक्तेल अस्प्ताल ल्याइएकी गिरीको उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो । डिएसपी चिमरीयाका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको कदुवा पुगेपछि मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटना लगत्तै फरार गिरीको खोजी भइरहेको डिएसपी चिमरीयाले जनाए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २४ असोज २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु