खोटाङ । श्रीमान्को कुटाईबाट शुक्रबार श्रीमतीको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरीको कुटाईबाट उनकी ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरीको मृत्यु भएको हो ।
शुक्रबार बिहान ५ बजे श्रीमान्को कुटाईबाट घाइते भएकी गिरीको दिक्तेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताए ।
बिहान सवा ९ बजे दिक्तेल अस्प्ताल ल्याइएकी गिरीको उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो । डिएसपी चिमरीयाका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको कदुवा पुगेपछि मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटना लगत्तै फरार गिरीको खोजी भइरहेको डिएसपी चिमरीयाले जनाए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २४ असोज २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु