अवस्था डरलाग्दो, संक्रमित एक लाख नाघे

पत्रपत्रिकाबाट

शनिबार, २४ असोज २०७७, ०७ : ०७
अवस्था डरलाग्दो, संक्रमित एक लाख नाघे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ ।

योसँगै संक्रमणको अवस्था डरलाग्दो बनेको छ । शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो एक हप्तामा ९६ हजार ५ सय ५१ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा १८ हजार २ सय २६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा प्रत्येक पाँच जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस