भरतपुर महानगरमा संक्रमितको संख्या १७ सय नाघ्यो

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १५ : १४
भरतपुर महानगरमा संक्रमितको संख्या १७ सय नाघ्यो

चितवन । चितवनको भरतपुर महानगरपालिकामा मात्र कोरोना संक्रमितको संख्या १७ सय ७ पुगेको छ । जसमा महिला ७१७ र पुरुष ९९० रहेक छन् ।

महानगरमा हालसम्म चार हजार ६९८ जनाको स्वाब परीक्षण भएको छ । भरतपुर महानगरमा  ८८८ जना निको भएका घर फर्केका छन् ।  मृत्यु भएकाको संख्या  १५ पुगेको छ । भरतपुर महानगरमा मात्र सक्रिय संक्रमित संख्या ८०४ रहेको छ । हालसम्म भरतपुरमा २९ वडामा होम आइसोलेसनमा बस्नेको संख्या २७६ छ । 

जसमा महिला १२४ र पुरुष १५० छन् । भरतपुर महानगरले सञ्चालन गरेको बागेश्वरी आइसोलेसनमा हालसम्म जम्मा बिरामीको संख्या १८५ छ । जसमा महिला ५३ पुरुष १३२ छन् । बागेश्वरी आइसोलेसनबाट ११३ जना निको भएर घर फर्केका छन् । निको हुनेमा महिला ३९ पुरुष ७४ छन् । यतिबेला वागेश्वरी आइसोलेसनमा रहेका विरामी संख्या ७२ जना छन् । 

प्रतिक्रिया दिनुहोस