परराष्ट्र मन्त्रालयका सचिवमा भरत पौडेल नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १२ : ५७
परराष्ट्र मन्त्रालयका सचिवमा भरत पौडेल नियुक्त

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिवमा  भरत पौडेल नियुक्त  भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । 

नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन् । 

यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए । 

स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत भएका थिए । निमित्त सचिव हुनुअघि सम्म उनी परराष्ट्र प्रवक्ता थिए ।  

प्रतिक्रिया दिनुहोस