केसीकाे तर्फबाट बन्यो वार्ता समिति

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, २१ : १८

काठमाडौँ । अनसनरत डा गोविन्द केसीको तर्फबाट ४ सदस्सीय वार्ता टोली घोषणा गरिएको छ । 

केसीको तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली घोषणा गरिएको हो । उक्त टोलीमा डा अञ्जली कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् । 

समितिले केसीको माग बमोजिम सरकारसँग वार्ता गरेर सहमति खोज्ने प्रयास गर्नेछ । २४ दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अन्यन्तै नाजुक बन्दै गएपछि उनको माग सम्बोधन गर्न सरकारमाथि दबाव परेको छ ।

प्रतिक्रिया दिनुहोस