प्रदेश ५ को सभाभित्र कांग्रेस सांसदद्वारा कुर्ची तोडफोड, विरोधकैबीच प्रस्ताव पेश

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १७ : २५
प्रदेश ५ को सभाभित्र कांग्रेस सांसदद्वारा कुर्ची तोडफोड, विरोधकैबीच प्रस्ताव पेश

बुटवल । नेपाली कांग्रेस सांसद प्रदेश ५ ले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् ।

नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको भन्दै उनीहरुले यस्तो आक्रोश पोखेका हुन् । सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर सोमबारको प्रदेशसभाको दृश्य त्यस्तो रहेन । 

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची थियो ।

राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको हो । सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको थियो । 

पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् ।

कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो । सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस रुष्ट बनेको हो ।  

आजको बैठक विरोधकैबीच सकेर मंगलबार मध्यान्ह १२ बजे पुनः बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस