चीनलाई उछिन्यो नेपालले

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, २० : ४८
चीनलाई उछिन्यो नेपालले

काठमाडौं । नेपालमा चीनमा भन्दा धेरै कोरोना संक्रमित भएका छन् । आइतबारसम्म चीनमा ८५ हजार ४५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यता नेपालमा भने संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । 

संक्रमित धेरै भएपनि नेपालमा मृत्युदर भने थोरै रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ रहँदा चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ । 

आजमात्रै नेपालमा ७ जनाको मृत्यु भएको छ भने चीनमा मृतकको संख्या बढेको छैन । वर्ल्डोमिटर्सका अनुसार चीनमा आज १६ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै नेपालमा भने २२५३ जना संक्रमित थपिएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए । 

हालसम्म नेपालमा कोरोना निको हुनेको संख्या ६४ हजार ६९ जना रहँदा सक्रिय ुसंक्रमितको संख्या २२ हजार २१९ रहेको छ। यस्तै चीनमा मात्र १९५ जना सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस