अपाङ्गता भएका महिलाहरुको संरक्षण माग

सफल खबर संवाददाता

शुक्रबार, १६ असोज २०७७, १३ : ५८
अपाङ्गता भएका महिलाहरुको संरक्षण माग

फाइल फोटो

काठमाडौँ । संसदीय समितिले फरक रुपले सबल अपाङ्गता भएका महिलाहरुको संरक्षण हुने गरी कोभिड—१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ । 

कोभिडले अपाङ्गता भएका महिलाहरुको रोजगारी र आय आर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको छ । 

संसदको महिला तथा सामाजिक समितिले फरक रुपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरुदेवी पालले बताइन् । तीन वटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरुको बृहत्तर हित प्रवद्र्धन र संरक्षण हुनेगरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो । 

२०६८ को जनगणना अनुसार १ दशमलव ९४ प्रतिशत अपङ्गता भएका व्यक्तिहरु रहेकोमा कोभिडका कारण त्यो समूहभित्र पर्ने महिलाहरु बढी प्रभावित भएको समितिको ठहर छ । 

समितिले कोभिडले महिलाहरुको दैनिक जीवनयापनमा अवरोध देखा परेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुने गरी नीति बनाउन पनि समितिले भनेको छ ।

प्रतिक्रिया दिनुहोस