भरतपुर महानगरमा १२८२ पुगे कोरोना संक्रमित

रासस

विहीबार, १५ असोज २०७७, १७ : ३८
भरतपुर महानगरमा १२८२ पुगे कोरोना संक्रमित

चितवन । चितवनको भरतपुर महानगरमा हालसम्म १२८२ जना कोरोना संक्रमित पुगेका छन् । जसमा महिला ५६० र पुरुष ७२२ जना रहेका छन् । भरतपुर महानगरपालिकामा हालसम्म ५३४ जना निको भइसकेका छन् ।

महानगरमा अहिलेसम्म ११ जना संक्रमितको मृत्यु भइसकेको छ । महानगरमा सक्रिय संक्रमित संख्या ७३७, होम आइसोलेसनको संख्या २६८ रहेको छ । बागेश्वरी आइसोलेसनमा हाल ४३ जना कोरोना संक्रमित रहेका छन् भने  हालसम्म बागेश्वरी आइसोलेसनबाट  ९० जना निको भएर घर फर्केका छन् । 

प्रतिक्रिया दिनुहोस