नेपालमा थप ७ जनाको मृत्यु, १ हजार ५५९ जना संक्रमित थपिए, १ हजार ५७ जना निको भए

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, १६ : २२
नेपालमा थप ७ जनाको मृत्यु, १ हजार ५५९ जना संक्रमित थपिए, १ हजार ५७ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४९८ पुगेको छ । यस्तै आज थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ५७ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । जसमध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन् ।