काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार मुलुकका अधिकांश स्थानको मौसममा सामान्यदेखि आंशिक बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको महाशाखाले जनाएको छ।
बुधबार राति पनि प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । मौसमविदले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा राति हल्का वर्षाको सम्भावना रहेको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ असोज २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना