आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, ०७ : ५०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रही थोरै स्थानमा वर्षा हुने सक्ने जनाएको छ ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यसबाहेकका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सोमबार राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस