सैनिक विमान दुर्घटनामा ज्यान जानेको संख्या २५ पुग्यो

एजेन्सी

शनिबार, १० असोज २०७७, १२ : ०७
सैनिक विमान दुर्घटनामा ज्यान जानेको संख्या २५ पुग्यो

सांकेतिक तस्विर

एजेन्सी । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । 

युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको समाचारमा जनाएका छन् ।

शुक्रबार सो विमान दुर्घटनमा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले जनाए अनुसार शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको हो । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ । 

युक्रेनका स्थानीय पत्रिकाले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । किभका स्थानीय पत्रिकाहरुले यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै सो समाचार दिएका छन् ।

रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट हो भनेको छ । विमान दुर्घटनामा बारे अनुसन्धान जारी रहेको जनाएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस