प्रहरीमा कार्यरत सई होटलको शौचालयमा मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, ०९ असोज २०७७, १२ : ०२
प्रहरीमा कार्यरत सई होटलको शौचालयमा मृत फेला

दार्चुला । दार्चुलामा एक जना नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् ।  शुक्रबार बिहान ४ बजे बङ्गाबगड स्थित होटलको शौचालयमा लडेको अवस्थामा सई ध्रुब रावल मृत फेला परेका हुन् । 

उनी जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएका थिए। घटनाबारे शुक्रबार बिहान होटल मालिकले थाहा पाएपछि प्रहरीलाई खबर गरेपछि अस्पताल पुर्याउँदा रावलको मृत्यु भइसकेको बताइएको छ ।

अछाम घर भएका मृतक प्रहरी नायव निरीक्षक  छोरा र श्रीमतीसँगै धनगढीमा बस्दै आएका छन् ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस